नियम ४क
दर्ता गर्न सम्म छुट हुन गएको जग्गा दर्ता गर्ने
(१) जग्गा नाप जा“च ऐन, २०१९
बमोजिम नाप नक्सा भएको जग्गा दर्ता गर्न सम्म छुट भएमा त्यस्तो जग्गा दर्ता गर्न
चाहने सम्बन्धित जग्गावालाले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन
गरी तोकिदिएको म्याद भित्र देहायका कागजात समेत संलग्न गरी सम्बन्धित मालपोत
कार्यालयमा निवेदन दिनु पर्नेछ ः–
(क) जग्गाको साविक दर्ताको प्रमाण,
(ख) जग्गाको तिरो तिरेको निस्सा वा प्रमाण,
(ग) उपलब्ध भएसम्म भूमि सुधार सम्बन्धी ७ नं. फाराम,
(घ) आवश्यक अन्य प्रमाण ।
(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त भएमा मालपोत कार्यालयले सो
जग्गाको सम्बन्धमा कसैको दावी भए पैंतीस दिन भित्र उजुर गर्न आउनु भनी सो जग्गा
रहेको ठाउ“मा वा सबैले देख्ने गरी सार्वजनिक ठाउ“मा सूचना टा“स गर्नु पर्नेछ । त्यस्तो
सूचना काठमाडौं उपत्यकाको हकमा गोरखापत्रमा र काठमाडौं उपत्यका बाहिरका
जिल्लाहरुको हकमा संभव भएसम्म स्थानीय पत्रपत्रिकामा प्रकाशन गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम उजुर गर्ने म्याद नाघेपछि मालपोत कार्यालयले
आवश्यक भएमा सम्बन्धित गाउ“ विकास समिति वा नगरपालिका समेत बुझी सो
जग्गाको वास्तविक स्थिति देखिने गरी प्रतिवेदन तयार गर्न वा सो जग्गाको
सधिंयारहरु राखि सरजमिन गराउन सक्नेछ ।
(४) यस नियम बमोजिम जग्गा दर्ता सम्बन्धमा कारवाई गर्दा मालपोत कार्यालय
क्षेत्रीय किताबमा वन बुटेन, जंगल, झाडी वा वनस“ग सम्बन्धित अन्य त्यस्तै व्यहोरा
जनिएको जग्गाको सम्बन्धमा सम्बन्धित वन कार्यालयको र नदी उकास भएको
जग्गाको सम्बन्धमा सम्बन्धित भू–संरक्षण कार्यालयको सहमति लिनु पर्नेछ ।
(५) उपनियम (२) (३) वा (४) बमोजिमको प्रक्रिया पूरा गरिसकेपछि मालपोत
कार्यालयले प्राप्त निवेदन सहितको कागजात नियम ४ख. बमोजिमको समिति समक्ष
पेश गर्नु पर्नेछ र त्यस्तो समितिले सो जग्गा दर्ता गर्न सिफारिश गरेमा मालपोत
कार्यालयले उक्त जग्गा सम्बन्धित व्यक्तिको नाममा दर्ता गर्न सक्नेछ ।